निर्णय नं. १
मिति २०७२ पौष ८ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित बलम्वु विकास केन्द्रको परिसरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित २०० जना सहभागी मध्ये विभिन्न विषयमा १६ जना सहभागीहरुले राखेको जिज्ञासा एवं सुझावहरुलाई आगामी दिनहरुमा क्रमशः सुधार गर्दै जाने साथै यस क्रममा कृषि, पशु, वन, शिक्षा, स्वास्थ्य, खानेपानी, महिला विकास आदि कार्यालयहरुका सेवा प्रवाह सम्वन्धमा प्राप्त भएका गुनासोहरुलाई समय मै सम्वोधन गर्न सम्वन्धित निकायलाई लेखी पठाउने निर्णय गरियो ।
निर्णय नं. २
सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश सहभागीहरुले काठमाडौं जिल्ला विकास समितिको स्वामित्वमा रहेको वलम्वु विकास केन्द्रको खाली जग्गा व्यवस्थापन र सो मध्येको ५ रोपनी जग्गा चन्द्रागिरी नगरपालिकाकालाई उपलव्ध गराउन माग गरिएको सम्वन्धमा राजनैतिक दल र नगरपालिकासंग वसी छलफल गर्ने निर्णय गरियो ।
निर्णय नंं ३
विषयगत कार्यालयहरुले नगरपालिका क्षेत्रमा कार्य संचालन गर्दा सम्वन्धित नगरपालिकासंग समन्वय गरी कार्य गर्न अनुरोध गर्ने निर्णय गरियो ।