30 Jun, 2026, Tue ddckathmandu@gmail.com (+९७७)-०१-५३५३९९६

काठमाडौँ जिल्लाको संक्षिप्त परिचय

भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला बागमती प्रदेश अन्तर्गत रहेको छ । काठमाडौँ उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाडौँदेशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाडौँ जिल्लाले ०.२७ प्रतिशत भाग ओगटेको छ ।

थप पढ्नुहोस्
सुचना तथा समाचार

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ असार १६ गते मंगलबार