22 Oct, 2024, Tue ddckathmandu@gmail.com (+९७७)-०१-५३४९७२५

काठमाडौँ जिल्लाको संक्षिप्त परिचय

भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला बागमती प्रदेश अन्तर्गत रहेको छ । काठमाडौँ उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाडौँदेशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाडौँ जिल्लाले ०.२७ प्रतिशत भाग ओगटेको छ ।

थप पढ्नुहोस्
सुचना तथा समाचार
बोर्ड बैठकका निर्णयहरु
बजेट तथा कार्यक्रम
सार्वजनिक खरिद / बोलपत्र

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २८ गते सोमबार