22 Oct, 2024, Tue ddckathmandu@gmail.com (+९७७)-०१-५३४९७२५
/ काठमाडौँ जिल्लाको संक्षिप्त परिचय

काठमाडौँ जिल्लाको संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार


भौगोलिक विभाजन अनुसार काठमाडौँ जिल्ला बागमती प्रदेश अन्तर्गत रहेको छ । काठमाडौँ उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाडौँदेशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग ओगटेको छ ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २८ गते सोमबार